भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ ।

आज थप ३ सय बढी थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको हो ।

त्यसमध्ये ५५ सय ६३ उपचारतरत छन् । वर्ल्डमीटर इन्फोका अनुसार बिहीबार साँझसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ । बिहीबार मात्रै यो समाचार तयार पार्दा त्यहाँ ८ जनाले ज्यान गुमाइसकेका छन् ।

याे पनि पढ्नुस  महाराष्ट्र प्रकरणपछि गरिन थाल्यो बिजेपीको नियतमाथि शंका

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भारतमा २१ दिने ‘लकडाउन’ जारी गरिएको छ ।

१५ अप्रिलपछि पनि ‘लकडाउन’ लम्बाउने तयारी गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका थिए ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाबाट अहिलेसम्म विश्वका २०९ देश प्रभावित भइसकेका छन् ।

याे पनि पढ्नुस  लकडाउनमा नेपालबाट ५ हजार विदेशी फिर्ता

बिहीबार साँझसम्म कोरोना संक्रमितको संख्या १५ लाख ३५ हजार नाघ्दा ८९ हजार बढीले ज्यान गुमाएका छन् ।

यस्तै, ३ लाख ४० हजार संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्