अमेरिकामा एकैदिन १९ सयको मृत्यु, साढे ४ लाख नाघे संक्रमित

काठमाडौंः अमेरिकामा बिहीबार १ हजार ९ सयको मृत्यु भएको छ । त्यस्तै, शुक्रबार बिहान ९ बजेसम्म त्यहाँ ६ जनाको मृत्यु भइसकेको छ ।

योसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय ९७ पुगेको छ ।

अमेरिकामा बिहीबार साढे ३३ हजार र शुक्रबार अहिलेसम्म एक सय ४५ कोरोना संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ४ लाख ६८ हजार पुगेको छ ।

याे पनि पढ्नुस  चीन–अमेरिका व्यापार युद्धः चिनियाँको अठोटलाई हल्का रूपमा नलिन चेतावनी

संक्रमितमध्ये करिब २६ हजार निको हुँदा १० हजार बढीको अवस्था गम्भीर छ ।

कमेन्ट गर्नुहोस्