लकडाउन उल्लंघन गर्दै ‘चैतली मेला’ लगाउने ४ वडा अध्यक्ष छुटे, जरिवाना के ?

बझाङः लकडाउन उल्लंघन गर्दै चैत २४ गते ‘बान्नीकी चैतली मेला’ लगाउने ४ वडा अध्यक्ष जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जरिवाना तिराएर छाँडेको हो ।

छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको थियो । तर, मुलुकी संहिताको एक बर्ष भन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार उनीहरुसँग जनही ९ हजार एक सय जरिवाना तिराएर छाडिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

याे पनि पढ्नुस  लकडाउनमा थप कडाई

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो । उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् ।

उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहलनई एक सय जरिवाना गरिएको छ ।

कमेन्ट गर्नुहोस्