कोरोनाविरुद्ध जुध्न उच्चस्तरिय संयन्त्र बनाउनुपर्छः प्रचण्ड

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाविरुद्धको लडाईंमा सबै दल र पक्षको सहयोग जरुरी रहेको बताएका छन् ।

बिहीबार इमेज च्यानललाई अन्तर्वार्ता दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कोरोनाविरुद्धको युद्ध सरकार एक्लैको प्रयासले जित्न सम्भव नभएको भन्दै सर्वदलीय संयन्त्र बनाउनुपर्नेमा पनि जोड दिए ।

यस्तो संरचना प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनाउन प्रस्ताव गर्दै अध्यक्ष दाहालले उक्त संयन्त्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासहित अरु दलका नेताहरुलाई पनि संलग्न गर्नुपर्ने सुझाव दिए ।

याे पनि पढ्नुस  जनार्दन शर्माको प्रश्न– दुई तिहाई हुँदाहुँदै अरु पार्टी फुटाउनु किन आवश्यक पर्‍याे ?

‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु । सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ’, उनले भने ‘त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्छ भन्ने लाग्छ । मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छु ।’

याे पनि पढ्नुस  एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलले ओली र प्रचण्डलाई प्रतिवेदन बुझाउँदै

दाहालले स्वास्थ्य सामग्री खरिद प्रकरणमा जो जो संलग्न रहेपनि उचित छानबीन गरी दोषीलाई कार्वाही गरिनुपर्ने माग गरे । प्रचण्डले प्रधानमन्त्रीसँग आफूले अनुकल समयमा छलफलका लागि निम्त्याउन आग्रह गरेको सो बताएका छन् । ‘मैले खुलेर कुरा गर्न जरुरी ठानेको छु भनेर प्रधानमन्त्रीलाइ भनेको छु’, प्रचण्डले भने, ‘उहाँले पनि खुलेर कुरा गर्नुपर्ने मान्नु भएको छ ।’

याे पनि पढ्नुस  एमसीसीबारे छलफल: भीम रावल उपस्थित हुँदा प्रधानमन्त्री ओली अनुपस्थित !

कोरोनाविरुद्धको यस लडाईंमा सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र आम जनताले देखाएको एकताप्रति उनले आभार पनि व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्