इटाली अझै पनि कोरोनाको खराब अवस्थामा, यस्तो छ पछिल्लो अवस्था

काठमाडौंः कोरोनाका कारण मृत्यु हुनेको सूचीमा इटाली शिर्ष स्थानमा छ । त्यहाँ दिनप्रतिदिन संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

त्यहाँ हालसम्म १८ हजार २ सय ९७ को मृत्यु भइसकेको छ । संक्रमित १ लाख ४३ हजारमध्ये ३ हजार ६ सय बढीको अवस्गा गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  भारतमा कोरोनाबाट १४ महिने शिशुको मृत्यु

त्यहाँ बिहीबार मात्रै ६ सय १० को मृत्यु हुँदा ४ हजार २ सय संक्रमित फेला परेका छन् ।

त्यहाँ निको हुनेको संख्या न्यून हुँदा थप चिन्ता थपिएका छन् । संक्रमित १ लाख ४३ हजारमध्ये १८ हजारको मृत्यु हुँदा २८ हजार मात्रै निको भएका छन् ।

याे पनि पढ्नुस  रुपन्देहीका संक्रमित युवकको परिवारका १० सदस्यको रिपोर्ट आयो

त्यसका कारण पनि इटली अझै पनि कोरोनाको खराब अवस्थामा रहेको विज्ञहरू बताउँछन् । त्यहाँ कोरोना नियन्त्रण आउँन अझैं केही साता लाग्ने भएकोले मृतक र संक्रमितको संख्या बढ्ने अनुमान उनीहरूको छ ।

कमेन्ट गर्नुहोस्