साउदीमा राजपरिवारका १५० बढी सदस्य संक्रमित, राजकुमार फैसल बिन आइसियुमा

काठमाडौंः साउदी अरबको राजपरिवारमा कोरोना संक्रमणले ठूलो प्रभाव पारेको छ ।

अलजजिरामा प्रकाशित समाचार अनुसार, साउदी राजपरिवारका एकसय पचास जना सदस्यमा कोरोना संक्रमण देखिएको हो ।

न्यूयोर्क टाइम्सका अनुसार, रियादका गभर्नर समेत रहेका ७० वर्षीय साउदीका राजकुमार फैसल बिन बन्दर बिन अब्दुलाजिज अल साउम भाइरसको चपेटामा परेपछि अहिले आइसियुमा भर्ना भएका छन् । साउदी राजा सलमान र राजकुमार मोहम्मद बिन सलमान आइसोलेसनमा रहेका छन् ।

याे पनि पढ्नुस  इटलीमा कोरोना संक्रमणबाट एकैदिन ४७५ जनाको ज्यान गयो

समाचार अनुसार, चिकित्सकहरुले शाही परिवारका सदस्यको उपचारका लागि भनेर ५ सय भन्दा बढी बेडको व्यवस्था गरेका छन् । यसैबीच किङ फैसल स्पेलियष्ट हष्पिटलका तर्फबाट निर्देशन सन्देश समेत जारी गरिएको छ । जसमा चिकित्सकहरुलाई हाइ अलर्टमा बस्न भनिएको छ ।

“कति जना बिरामी छन् भन्ने कुरा यकिन छैन तर हामीले हाइ अलर्टमा बस्नुपर्ने अवस्था छ ।’ उक्त सन्देशमा उल्लेख छ । अस्पतालमा सामान्य बिरामीलाई बाहिर जान र विशेष बिरामी मात्रै भर्ना लिइने कुरा उल्लेख छ ।

याे पनि पढ्नुस  कोरोना प्रभावः बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु, बच्चा स्वस्थ

साउदीका राजकुमारहरु नियमितरुपमा यूरोपलगायतका देशमा घुम्दै आएका छन् । साउदीको जनसंख्या ३ करोड ३० लाख रहेको छ भने अहिलेसम्म २ हजार ९ सय ३० भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । देशमा ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

याे पनि पढ्नुस  सिरहाका ९ जनामा कोरोना संक्रमणको आशंका, परीक्षणका लागि जनकपुर पठाइयो

अलजजिराका अनुसार, राजपरिवारभित्र पनि तल्लो श्रेणीका परिवारमा संक्रमण बढी देखिएको छ । आम नागरिकमा भने प्रवासी मजदूरका क्याम्प तथा मक्का र मदिना नजिक रहेका सुकुम्बासी बस्तीहरुमा यो बढी देखिएको छ ।

कमेन्ट गर्नुहोस्