लकडाउनमा छोरा अलपत्र परेपछि १४ सय किमी स्कूटर चलाएर भेटन पुगिन् आमा

नयाँ दिल्लीः आमाको मायाका बारेमा जति ग्रन्थ लेखे पनि कम नै हुन्छ । इतिहासमा कैयन घटनाहरु छन्, जहाँ आमाले सन्तानका लागि आफ्नो बलिदान दिँदै आएकी छिन् ।

यस्तै घटना हालैमात्र भारतमा देखिएको छ । लकडाउनका कारण एकजना आमालाई छोरा बाटोमा नै अलपत्र परेको खबर आयो । भारतको दक्षिण क्षेत्र कामारेड्डी जिल्लाको बोधन निवासी रजिया बेगमले बाटोमा अलपत्र छोरालाई सकुशल फर्काउन १४ सय किलोमिटर स्कूटर चलाएको घटना अहिले चर्चामा छ ।

याे पनि पढ्नुस  भारतमा बढ्दै कोरोना: संक्रमित र मृतक कति पुगे ? (सूचीसहित)

एउटा सरकारी विद्यालयमा पढाउने गर्छिन् रजिया । गत वर्ष श्रीमानको मृत्यु भयो । दुई छोरा र एक छोरी की आमा रजियाको कान्छो छोरा मोहम्मद निजामुद्दिन इन्टरको पढाइसकेपछि हैदराबादमा कोचिङका लागि गएका थिए ।

घटना अनुसार, नेल्लोर घर भएको मोहम्मदको साथी पनि उनकै गाउँ बोधनमा रहेर इन्टरको पढाइ गरिरहेका थियो । यसबीच साथीका बुवाको स्वास्थ्य बिग्रेको खबर सुनेपछि उनीहरु १२ मार्चका दिन नेल्लोर हिँडे ।

याे पनि पढ्नुस  सीमामा रहेका नेपालीलाई स्वदेश फर्किने आज अन्तिम मौका

तर यसैबीचमा सरकारले लकडाउनको घोषणा गर्यो । मोहम्मद आफ्नो गाउँ बोधन फर्किन सकेनन् । त्यसो त छोरा आफ्नै साथीको गाउँमा थियो । तर आमाको मनले मानेन । उनलाई निकै चिन्ता भयो । के गर्ने कसो गर्ने भन्ने सोच्दा सोच्दै उनी बोधनका एसीपि जयपाल रेडडीलाई भेटन पुगिन् ।

याे पनि पढ्नुस  यू–१९ विश्वकपः फाइनल सकिएपछि भारतीय र बंगलादेशी खेलाडी मैदानमै भिड्न थालेपछि..

प्रहरीले उनलाई आवागमनमा सहजताका लागि पत्र लेखेर दिएपछि उनले स्कूटर स्टार्ट गरिन र हिँडिन् छोरा भेटन ।
सोमबारका दिन रजिया पत्र बोकेर नेल्लोरतर्फ लागिन् । उनी अर्कोदिन दिउँसो त्यहाँ पुगिन ।

रजियालाई छोरा सकुशल भएकोले यसरी नजान भनेर गाउँलेहरुले निकै सम्झाए पनि । तर उनको मनले मानेन । नेल्लोर पुगेकै दिन उनले छोरालाई स्कूटरमा बसालेर फेरी कामारेड्डी फर्किइन् ।

कमेन्ट गर्नुहोस्