नेपालीमा हनुमान चालिसा भजन (भिडियो)

काठमाडौंः हनुमान चालिसाको नेपाली भर्सन भजन सार्वजनिक भएको छ । ‘पर्दै गुरु शरणमा म विनम्रताले’ बोलको भजनमा भानुभक्त न्यौपानेको अनुवाद तथा भविन ढुंगानाको संगीत र स्वर छ ।

वसन्ततिलका छन्दमा तयार पारिएको भजनमा हनुमानको गुणगान गाइएको छ । गीतकार भानुभक्तका अनुसार सम्भवत हनुमान चालिसालाई नेपाली भर्सनमा भजनमार्फत ल्याइएको यो पहिलो गीत हो ।

‘मैले निकै मेहनतका साथ हनुमान चालिसालाई नेपालीमा अनुवाद गरेर यो भजन बनाएको छु’ गीतकार न्यौपाने भन्छन्, ‘अहिलेको जटिल परिस्थितिमा घरमै भगवानको नाम सम्झनाका लागि यो गीतले सहयोग पुर्याउनेछ ।’

कमेन्ट गर्नुहोस्