दूतावासको सम्पर्कमा आएका नेपालीको उपचारको लागि पहल गरिरहेका छौंः राजदूत ढकाल

यूएईः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका र सम्पर्कमा आएका नेपाली कामदारको उपचारका लागि पहल भइरहेको यूएईको आबुधाबी स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

केही दिन यता यूएईका विभिन्न शहरमा कोरोना संक्रमित नेपालीको संख्या बढेको र केहीले अस्पताल जान नपाएको गुनासो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिएको भएपनि दूतावासले सम्बन्धित निकाएको सहयोगमा सम्पर्कमा आएका सबैको उपचारका लागि पहल गरेको राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

दूतावासको सिमित स्रोतसाधनका बाबजुद पनि फिल्डमै पुगेर नेपालीको अवस्थाबारे जानकारी लिइरहेको उनले बताए । ‘भाइरसको संक्रमण देखिएका सबै नेपालीको उपचार गर्ने यूएई सरकारले प्रतिबद्धता जनाएको छ । दूतावासको सम्पर्कमा आएका सबैको उपचारका लागि हामी दिनरात लागि परेका छौं ।’ राजदूत ढकालले भने ।

याे पनि पढ्नुस  राजस्व वृद्धिको कुटनैतिक नियोगमा प्रभाव :दूतावासले लिनेे सेवा शुल्क बढ्यो

यस्तै, राजदूत ढकालले यूएईमा रहेका नेपालीलाई संयमित रहँदै उच्च मनोबल र सतर्कताका साथ काम गर्न अनुरोध गरेका छन् । कोरोना संक्रमणका कारण विश्वभर त्यसको प्रभाव परेको हुँदा जटिल परिस्थितिलाई बुझेर दूतावासले गरिरहेको काम कारबाहीलाई समेत मध्यनजर गर्न ढकालले सबैलाई अनुरोध गरेका छन् ।

याे पनि पढ्नुस  ब्यक्तिगत रोजगार भिषा प्रमाणीकरण हुँदैन - नेपाली दूतावास युएई

‘नआत्तिनुस् यूएईमा रहेका नेपालीलाई भोकले मर्न दिँदैनौं’

कोरोना भाइरसका कारण यूएईमा रहेका नेपाली रोजगार गुमाएर वा अन्य कारण भोकै बस्नुपर्ने अवस्था आएमा उचित व्यवस्थापन गरिने राजदूत ढकालले बताएका छन् ।

‘यूएई सरकारका विभिन्न निकाय तथा यहाँ रहेका नेपाली संघसस्थाका प्रतिनिधिसँग छलफल गरिरहेका छौं ।’ उनले भने, ‘सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तो परिस्थिति आएमा तत्काल सहयोग गर्ने र कुनै नेपालीलाई भोकै रहन दिँदैनौं ।’

याे पनि पढ्नुस  नेपाली दूतावासको अनुरोधः समस्यामा परे खबर गर्नुहोला

बहीबार यूएईमा ३३१ जना नयाँ कोरोनाका संक्रमित देखिएकाका छन् । बिहीबारसम्म यूएईमा जम्मा संक्रमितको संख्या २९९० पुगेको छ । जसमध्ये २६८ जना निको भइसकेका छन् । यस्तै, कोरोनाबाट अहिलेसम्म यूएईमा १४ पुगेको छ ।

नेपाली दूतावास आबुधाबीले संक्रमित नेपालीको संख्या अघिल्लो सातासम्म ११ रहेको जनाए पनि अहिलेसम्म थप कति नेपाली संक्रमित भए भन्ने जानकारी नरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्