नोबल कोरोनाका केहि प्रश्नहरु

राम बहादुर बुडाऐर
मानिसहरु घरभित्र बसेर आफ्आफ्नो सेल फोनको इन्टरनेटबाट दुनियाँको बारेमा धेरै भन्दा धेरै बुझ्न खोजिरहेका छन् । एउटा भाइरसको आतंकमा पुरै संसार डुबेको छ । बिभिन्न सञ्चारमाध्यममा समाचारहरु पढिरहँदा मनमा अनेक बिचारहरु आउँदै बिलाउँदै गरिरहेका छन्, फेसबुकमा अनेकौं स्टाटस लिंकहरु पढ्दै चिन्तन मनन गरिरहँदा लाग्दछ, पुरै बिश्व मानबता एउटा कहिल्यै नसुल्झिने पहेली बन्दै गइरहेछ ।

यस परिप्रेक्ष्यमा सबै सरोकारवाला स्वास्थ्य संस्थाहरु र संचार माध्यमहरुले बिभिन्न खोज र अनुसन्धानका स्रोतहरु उल्लेख गर्दै नोबल कोरोना भाइरसका बारेमा गरिरहेको अपडेटलाइ नियाल्दा मनमा लागेका आशंका र केहि सम्भावित सत्यहरु यस प्रकार देखिन्छन् ।

कोराना भाइरससंग जोडिएर भइरहेका महत्वपुर्ण खोज र अनुसन्धानका बिषयहरु यसप्रकार देखिएका छन् ।

१. यो भाइरसको उत्पति कहाँ कसरी र किन भयो ? यो भाइरस मानब प्रयत्नको कारणले बनेको हो ? वा प्राकृतिक रुपमै जन्मिएको हो ?

२. यो भाइरसले कसरी मानब संक्रमण गर्छ ? यसबाट मानबमा संक्रमणको सतप्रतिशत सत्य परीक्षण को तरिका के हो ? यो कुन जाति बर्ग बिशेषको भाइरस हो ? यस को नाम नोबेल कोरोना बाहेक अरु पनि उपयुक्त हुन्छ की ? यसको भबिश्य कस्तो छ ? यसले आफ्नो स्वरुप परिबर्तन कहिले र कसरी गर्ला ?

३. अहिलेसम्म यसले देखाएका समस्याहरु के के हुन ? अर्थात यो कुन कुन रोगको कारक हो ? भबिश्यमा यस धर्तिको कति बिनास यसले गर्न सक्छ ?

४. यस भाइरसको संक्रमण र त्यसबाट भएका मृत्युका अहिलेसम्म उपलब्ध डाटाहरुको बिश्वसनियता र बैधता कति छ ? ति डाटाहरुको बिश्लेषणको निकर्ष के हो ?

५. बिश्व युद्धको तथाकथित भ्रम या सत्य के हो ?
६. गरीब तथा अति कम बिकसीत देशहरुको क्षमता र धनि देशहरुको क्षमताको तुलना कस्तो देखीन्छ ?
७. बिश्व अर्थतन्त्र, समाजिक सांस्कृतिक व्यबस्था र व्यबहार परिवर्तनको महत्वपुर्ण प्रश्नहरु के के हुन ?

८. मनोबैज्ञानिक त्रास र बिज्ञानको अपुर्णताले मानिसलाइ एकचोटी फेरी जबर्जस्त रुपमा इश्वर वा धर्मप्रति बिश्वस्त बनाएकै हो त ?

याे पनि पढ्नुस  जंगली जीवजन्तुको शिकारले कोरोना भाइरस फैलिएको आशंका

९. प्राकृतिक असन्तुलन वा ब्रह्माण्डीय पिण्डहरुको गती का कारण पृथ्बीमा देखिने समस्या के के हुन ?

१०. यस भाइरससंग जोडिएका भबिश्यबाणी र पुर्बानुमानहरु के–के हुन ? यसको परीक्षण र खोप विकास तथा संक्रमण रोकथामका साधनहरु र तिनको उपलब्धता कस्तो छ ? आदि

यी बाहेक थुपै्र अरु कुराहरु पनि खोज अनुसन्धान गर्नु आबश्यक होलान् तर ति खोजहरुका निम्न जटिलता रहेका छन ।

१. पहिलो कुरा यो भाइरस नयाँ हो भने यसका बिषयमा भइरहेका अनुसन्धानहरु सबै नयाँ हुन् । ती अनुसन्धानहरुले दिएका निष्कर्षहरु सार्बकालीक सत्य नहुन सक्छन । यस भाइरसका बिषयमा एकदमै नयाँ–नयाँ तथ्यहरु आइरहनेछन् र कतिपय अबस्थामा पुराना तथ्यहरुका बिपरीत तथ्यहरु पनि भबिष्यमा प्राप्त हुन सक्छन ।

२. दोस्रो यो भाइरस संसारभर फैलिएको छ । विश्वका अति विकसित देशहरुमा यो भाइरसको समस्या तिब्र गतिमा बढिरहेको छ । यसले हरेक देशले तिब्रतर गतिमा अनुसन्धान गर्ने क्रममा अनुसन्धानहरुका शिर्षक, प्रकृया, निष्कर्ष र ब्याख्या फरक–फरक आउन सक्छन् । शक्ति राष्ट्रका बिचमा समन्वयको अभाव भएमा एउटा देशको अनुसन्धानलाइ अर्को देशले नमान्य सक्छ । यस भाइरसको समस्या र त्यसको निराकरणलाइ शत्रु राष्ट्रहरुले कुनै गहिराइमा एउटा अघोषित युद्धकै रुपमा लिन सक्छन ।

३. गरिब देशमा फैलिएको त्रास र अनेकौ भ्रम तथा विश्वासहरुले बैज्ञानिक खोज अनुसन्धानको गति र दिशा परिबर्तन गराइ निष्कर्ष र ब्याख्या पनि बिभेदपुर्ण हुन सक्छ ।

नेपालमा नोबल कोराना भाइरसको प्रभाव अन्य देशको भन्दा ढिलो पुगेको दाबी गरिएको छ तर शंका गर्ने प्रशस्त ठाँउ छन् । विश्वका आधुनिक स्रोतसाधन सम्पन्न मुलुकहरु भन्दापछि नेपालमा यो भाइरसको संक्रमण ढिलो देखिएको कुराको सिधा र सरल दुइटा अर्थ हुन्छन् ।

पहिलो कुरा यति तीव्र संक्रमण गति भएको भाइरस नजिकै सिमानाबाट नेपाल भित्रिसकेको हुनुपर्दछ तर लक्षणबिहिन संक्रमण भएर वा सामान्य फ्लुको लक्षण मात्र भएर मानिसहरुले चेक गराएनन्, विदेशबाट आइरहेका सबैको परिक्षण तत्काल गर्न सकिएको भए कुनै ब्यक्तिमा देखिन पनि सक्थ्यो ।

याे पनि पढ्नुस  कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीलाई प्रयोग गर्न सिफारिस

दोस्रो कुरा नेपालीहरुको रोग प्रतिरोध क्षमता, नेपालको पर्याबरणीय अबस्था, खानपिन तथा अन्य ब्यबहार र सुपरनेचुरल बिश्वासका कारण यो भाइरसको स्वरुप परिबर्तन भइ यसले देखाएको असर फरकै पनि हुन सक्छ । अर्थात भाइरसको स्वरुप परिबर्तन भइ परिक्षण कन्फर्म नहुन पनि सक्छ । यसबाट यो बुझिन्छ की यो देश आधुनिक बिज्ञानको प्रगतिको आधारमा धेरै पछाडि छ ।

माथिका दुइटा कुरालाइ पुष्टि गर्ने आधार के हुन् भने हालै नेपालमा भेटीएका संक्रमितहरुले विदेशबाट फर्किएदेखि आफ्ना परिवारका सदस्यसंग धेरै दिन संक्रमणको पत्तै नपाइ उठ बस गरे । तर ती सदस्यहरुको परीक्षण गर्दा नेगेटिभ देखियो । अप्रत्यक्ष सम्पर्कका अनेकन माध्यमबाट सजिलै सर्न सक्ने बताइएको यो भाइरस परिवारकै सदस्यमा नदेखिनुको अर्थ यात परिक्षण नै गलत हो, या त अधिकांश नेपालीमा यो भाइरस सर्दै सर्दैन । त्यसलाइ मान्छेहरुले श्री पशुपतिनाथको कृपा नै बुझे हुन्छ ।

अहिले पनि आशंका यो पनि रहन सक्छ की आउदाँ केहि दिनमै सम्पुर्ण नेपालीको वा सबै सम्पर्क ब्यक्तिहरुको स्वाब परिक्षण तत्काल गर्न सक्ने नेपालसंग क्षमता नहँुदा राज्यले लिएको यो एउटा रणनीति होस् । विश्व स्वास्थ्य संगठन र मित्र राष्ट्रहरुको पनि निकट चासोको बिषय भएकाले नेपालले बेलायत, रुसको जस्तो दुस्साहस लिएको पनि मान्न सकिन्न नत नेपालमा गरिएको लकडाउन नै संक्रमण रोक्ने मुख्य आधार हो । किनकी यो भन्दा कैयौं गुणा कडा लकडाउनका बीच संक्रमण फैलिएको प्रशस्त उदाहरण छन् ।

बैज्ञानिकहरु संक्रमणका जुन जुन खतरा देखाउँछन त्यसमध्ये केहिको नियन्त्रण पनि नेपालका शहरिया भित्री गल्लीमा भएको छैन् । खास गरी सुदूरपश्चिमको कैलाली कञ्चनपुरमा यो संक्रमण अहिले सम्म अन्तिम चरणमै फैली सक्नु पर्ने हो । तर बिरामी को लक्षण छैनन् वा नेपालीले इतिहासमा कुष्ठरोगीले झै बहिस्कृत हुने डरले सबै लक्षण वा रोग नै पचाइसके ।

याे पनि पढ्नुस  नेपालगञ्जका संक्रमित क्षेत्र सिल, विज्ञ टोली आउँदै

उसो त मानिसलाइ कुनै रोग वा भाइरससंग लड्न आत्म विश्वासको अत्यधिक खाँचो पर्दछ । सुदूरपश्चिमवासीले आफ्नो आत्मविश्वास जोगाउन घर आगन मुनिको कोइलाको टीका लगाएकै छन् । यस भाइरसका प्रचलित लक्षणहरु नदेखिउञ्जेल नेपालमा संक्रमण फैलिने छैन । यस बिषयलाइ जति सुकै हास्यास्पद रुपमा लिए पनि एउटा कुरा के बिर्सनु हुँदैन की बैज्ञानिक खोजले पनि सिद्ध गरेको छ सर्पदंशको केशमा करीब १० देखी २० प्रतिशत मानिसहरु सर्पको बिषले नभइ त्यसको डरले हृदयाघात भइ मर्छन ।

त्यो बिषलाई एउटा झारफुकेले कतिपयलाई सञ्चो गरेको हुन्छ, नेपालीहरु त्यसमा पनि बिशेष गरी सुदूरपश्चिमवासीको जीवन आफ्ना देबीदेबताको विश्वासमा गहिरो अबचेतनामा बाँचेको छ । भित्री मनको शक्ति यति प्रबल हुन्छ की शरीरमा असाधारण उर्जा उत्पन्न गरिदिन्छ । जसको उदाहरण कुनै नब युवा धामी झाँक्री कामेको बेला गरिएका क्रियाकलापहरु हुन् । चाँहे जति सुकै बिचार, बहस, तर्क र बिश्लेषण गरे पनि मानिस आफ्नो स्वअस्तित्वको कुनै न कुनै भ्रम र बिश्वासमा बाँचेकै हुन्छ । कैयौं मानिसहरु परम ज्ञान वा बुद्धत्व वा भगबत्प्राप्तिका लागी अनेक साधनामा छन । एउटा अकिंचनको आन्तरिक यात्रामा निस्केका ति मनुवाहरु नै मानव मायाका कारक हुन् ।

तिनिहरुले नै कुनै न कुनै लयमा जीवन र जगतलाइ डोर्याइरहेका छन् । कोरोनाको प्रभाव र यसको निराकरणलाई पनि ति मानिसहरु ध्यान योगसंग जोडीरहेका छन् । आयुर्बेदसंग समाधान खोजी रहेका छन् । त्यसैले सदियौंदेखी प्रकृतिका भुलभुलैयामा बाँचिरहेका मानिसका बिश्वासले यस नोबल कोरोनासंग फरक र मौलिक रुपमा लड्न सक्ने शक्ति अबश्य हुनेछ ।

कमेन्ट गर्नुहोस्