वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गरिएको जनाएको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।

याे पनि पढ्नुस  त्रिवि उपकुलपति बास्कोटाको कार्यकक्षमा नेविसंघद्वारा तोडफोड

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको विश्वविद्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्