कोरोना डरले १४ स्टाफ नर्सद्वारा नियुक्ति लिन अस्विकार, नयाँ भर्ना आह्वान

कैलालीः धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा नियुक्तिका लागि बोलाइएका १४ स्टाफ नर्सले नियुक्ति लिन अस्विकार गरेका छन् ।

अस्पतालले उनीहरुलाई ३ पटक नियुक्तिका लागि बोलाएको थियो ।

१० माघमा सूचनापछि लिखित तथा अन्तरवार्ता परिक्षाबाट योग्यता क्रममा रहेका वैकल्पिक आवेदकलाई चैत ५, १२ र २४ गते गरी तीन पटकसम्म नियुक्तिका लागि बोलाइए पनि १४ स्टाफ नर्सले नियुक्ति लिन अस्विकार गरेका अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  को हुन् छैटौँ कोरोना संक्रमित नेपाली ?

१० गतेको विज्ञापनपछि पहिलो रोजाइमा रहेका २३ जनालाई सुरुमा भर्ना गरिएको थियो । ‘२० जनालाई वैकल्पिकमा राखिएको थियो । कोरोनाको जोखिम बढेपछि वैैकल्पिकमा नाम निकालेका १५ जनालाई सुरुमा र त्यसपछि थप ५ जनालाई पनि नियुक्तिका लागि पटकपटक बोलाएका थियौँ’ अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने, ‘तर अहिलेसम्म ६ जनाले मात्रै नियुक्ति लिएका छन् ।’

याे पनि पढ्नुस  कञ्चनपुरका पुरुष पनि कोरोनालाई जित्दै, तेस्रो रिपोर्ट ‘नेगेटिभ’

पटकपटक सूचना जारी गरिए पनि नियुक्तिका लागि नआएपछि नयाँ भर्नाका लागि सूचना जारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डले बताए । उनका अनुसार ४ जना मेडिकल अधिकृत र केही स्टाफ नर्सका लागि आवेदन खुला गरिएको हो ।

दिनेश खबरले लेखेको समाचार अनुसार ५ दिन भित्रै आवेदन दिन अर्को सूचना जारी गरिएको छ ।

याे पनि पढ्नुस  निको हुन थाले कोरोना संक्रमित, धमाधम घर फर्किंदै

प्रदेश सरकारले कोरोनाको जोखिम बढेसँसै सेती प्रादेशि अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको छ । अहिले अस्पतालमा ४ जना संक्रमित उपचार गरिरहेका छन् । यस्तै, ६ जना शंकास्पद विरामीको आइसोलसनमा उपचार जारी छ ।

कमेन्ट गर्नुहोस्