कञ्चनपुरमा १० वर्षीय बालकको मुत्यु

महेन्द्रनगरः कञ्चनपुरमा पिङ खेल्ने क्रममा १ बालकको ज्यान गएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–९ मा शुक्रबार पिङ खेल्ने क्रममा कृष्णबहादुर सुनार १० वर्षीय छोरा रोशनको ज्यान गएको हो ।

शुक्रबार दिउँसो पिङ खेल्ने क्रममा डोरी बटारिएर बालकको ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक वकिलबहादुर सिंले बताए ।

याे पनि पढ्नुस  कञ्चनपुरका ५ युवा नेताद्वारा १० क्विन्टल चामल हस्तान्तरण

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक सुनार कक्षा पाँचमा अध्ययनरत थिए । मृतक बालकका आमाबुबा रोजागरीको सिलसिलामा भारतमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्