मलेसियामा ‘लकडाउन’ थपियो, सुरक्षा सतर्कता अपनाउन दूतावासको अनुरोध

मलेसियाः मलेसियन सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि सुरु गरेको ‘लकडाउन’ अवधि १४ दिन थप गरेको छ ।

१८ मार्चबाट १४ अप्रिलसम्म तोकिएको ‘लकडाउन’लाई फेरि बढाएर २८ अप्रिलसम्म थप गरिएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा ‘लकडाउन’ अवधिभर नेपालीसहित कुनै पनि विदेशी नागरिक प्रवेश गर्न पाउँदैनन् भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । साथै खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।

याे पनि पढ्नुस  मलेशियामा भिषा सकिएका र स्वदेश फर्किन नपाएका नेपालीको दूतावासले माग्यो बिवरण

मलेसियामा हालसम्म ४२ सय २७ जनामा संक्रमण देखिएको छ भने १६ सय ८ जना उपचारपछि घर फर्किएका छन् ।

यस्तै, मलेसियाका विभिन्न अस्पतालमा हालसम्म २५ सय ५३ जना उपचाररत रहेका छन् भने कोरोनाको कारण मलेसियामा ६७ जनाको मृत्यु भइसकेको छ ।

याे पनि पढ्नुस  मलेशियामा पनि मनाइयो महागुरु फाल्गुनन्दको १३४ औ जन्मोत्सव 

मलेसियामा कोरोनाको सङ्क्रमण बढ्दो अवस्थामा छ । बढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै त्यहाँ स्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई कोरोना रोकथामका लागि मलेसियन सरकारले जारी गरेको ‘लकडाउन’को पूर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ ।

‘लकडाउन’को अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन, भिडभाडमा नजान तथा गलत जानकारी र अफवाहको पछी नलाग्न र आधिकारिक सूचना मात्रै पढ्न दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्