भारतमा संक्रमण फैलाउन नेपालबाट ४०–५० जना प्रवेश गरेको पत्र पठाएपछि भारतीय गृह मन्त्रालयमा सनसनी, सीमामा ‘हाइ अलर्ट’

काठमाडौंः नेपालको सीमावर्ती क्षेत्रबाट भारतको बिहारमा योजनाबद्ध तरिकाले कोरोना भाइरस फैलाउन खोजिएको रिपोर्ट सार्वजनिक भएपछि यसले भारतीय सुरक्षाबल भित्र ठूलो भूईंचालो ल्याएको छ ।

भारतको पश्चिमी चम्पारण (बेतिया) जिल्लाका प्रमुख जिल्ला अधिकारी कुन्दन कुमारले माथिल्लो निकायमा उक्त सूचना सहितको पत्र लेखेका हुन् ।

पत्रमा प्रहरी अधिक्षकका माध्यमबाट सीमा सुरक्षा बलको ४७ औं बटालियनलाई सीमा पारीबाट कोरोना संक्रमित मानिसहरुलाई भारतमा प्रवेश गराइएको उल्लेख छ । उनीहरुको उद्देश्य एउटा रणनीति अन्तर्गत भारतमा संक्रमण फैलाउने लेखिएको छ ।

याे पनि पढ्नुस  भोजपुरका कोरोना संक्रमितलाई विराटनगर पठाइँदै

यसरी प्रवेश हुनेमा सबै मुस्लिम रहेको समेत पत्रमा उल्लेख छ । पत्र अनुसार, पर्सा जिल्लाको जगनाथपुर गाउँ निवासी जालिम मुखिया नाम गरेका एक जना हतियार तस्करले उनीहरुलाई भारत पठाएको उल्लेख छ ।

बेतियाका जिल्ला प्रमुख अधिकारीले सीमा सुरक्षा बलसँग सीमामा गस्ती बढाउन समेत अनुरोध गरेका छन् ।

पत्रबारे भारतका गृह उपसचिवले प्रतिक्रिया दिँदै सबै कोणबाट जाँच भइरहेको बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

गृह उपसचिव अमिर सुबानीका अनुसार, नेपालसँग जोडिएको विषय भएपनि अधिकारीहरुलाई अलर्ट गरिएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार, कुनै पनि शंकाष्पद व्यक्ति भारतमा घुसपैठ भने नगरेको तर सम्भावना रहेको उनले बताए ।

बेतियाका प्रमुख जिल्ला अधिकारीले भने आफूले विश्वस्त जासुसी श्रोतबाट सुचना पाएको दावी गरेका छन् ।

याे पनि पढ्नुस  पाकिस्तानको कराँची जेलमा ३ सय कोरोना संक्रमित

भारतीय मिडियामा प्रकाशित टिप्पणी अनुसार, विगत दुई दिन यता बिहारमा अचानक संक्रमितहरुको संख्या बढेको छ । अहिलेसम्म बिहारमा ६० जनामा संक्रमण देखिएको छ ।

भारत र नेपालका प्रधानमन्त्रीबीच आज मात्रै टेलिफोन संवाद भएको थियो । यो विषयमा भारतले कुनै चासो व्यक्त गरे या नगरेको कुरा भने नेपालको कुनै पनि निकायले सार्वजनिक गरेको छैन । (नवभारत टाइम्स डटकममा प्रकाशित समाचारका आधारमा तयार पारिएको)

याे पनि पढ्नुस  ह्याकरले कोरोना भाइरसको नाममा कम्प्युटर भाइरस फैलाउँदै

 

कमेन्ट गर्नुहोस्