अग्रवाललाई छुटाउन मैले दबाव दिएको छैनः राज्यमन्त्री दुगड

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेका छन् ।

उनले केही सञ्चारमाध्यममा आएजस्तो अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले कुनै भूमिका निर्वाह नगरेको प्रेस विज्ञप्तिमार्फत प्रष्ट पारेका हुन् ।

याे पनि पढ्नुस  कालोबजारी गर्ने पाँच पसल बन्द

हाल कोभिड–१९ जस्तो महामारीले विश्व आक्रान्त परेका अवस्थामा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा रहेको आफ्नो प्रमुख दायित्व आपूर्ति व्यवस्थालाई सहज बनाउने हो भन्ने प्रष्ट गर्दै उनले जुनसुकै अवस्था पहुँचमा भएको व्यक्तिले गैरकानूनी काम गरेमा कारबाही भोग्नुपर्ने बताए ।

‘सुलभ अग्रवालको सन्दर्भमा पनि पक्राउ पश्चात् के भएको हो, त्यसबारे सत्यतथ्य बुझ्ने प्रयास गरेको हुँ, जुन मेरो पदीय जिम्मेवारी पनि हो तर निजलाई छुटाउने उद्देश्यले मैले कसैलाई भेटघाट, भनसुन र दबाब नदिएको कुरा प्रष्ट पार्दै ती समाचारहरुको खण्डन गर्न चाहन्छु’, आज अपराह्न प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

याे पनि पढ्नुस  कालोबजारीलाई कारबाही गर्दै सरकार, विदेशबाट मेसिन ल्याउने तयारी

यस्तो विषम परिस्थितिमा कालोबजारी गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने आफ्नो पहिलेदेखिकै धारणा रहेको राज्यमन्त्री दुगडले बताएका छन् ।

कमेन्ट गर्नुहोस्