भीमदत्तको विपद् व्यवस्थापन कोषमा मेयर विष्टद्वारा २५ हजार सहयोग

महेन्द्रनगरः जिल्लाको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेका छन् ।

नगर प्रमुख विष्टले नगद २५ हजार र प्रमुख प्रशासकीय अधिकृत भट्टले ११ हजार १ सय ११ रुपैँया शुक्रबार सहयोग गरको हुन् ।

याे पनि पढ्नुस  थप २ नेपालीमा कोरोना भाइरसको आशंका

दुबै जनाले व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका हुन् ।

सरकारले कोराना संक्रमणका लागि ‘लकडाउन गरेपछि नगरपालिका क्षेत्रका विपन्न परिवारलाई सहयोगका लागि विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ ।

विपद् व्यवस्थापन कोषमा नगद र जिन्सी सहयोग निरन्तर रुपमा संकलन हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्