हवाई उडान बन्द हुँदा यूएईमा ११ नेपालीकाे शव अलपत्र

यूएईः कोरोना भाइरस (कोभिड-१९) का कारण उडान बन्द हुदा यूएईमा ११ जना नेपालीको शव अस्पतालमा अलपत्र परेको छ ।

यूएई स्थित नेपाली दुतावासका अनुसार ‘लकडाउन’ ले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीको शव अस्पतालमा अलपत्र परेको हो ।

याे पनि पढ्नुस  महामारी रोक्ने चिनियाँ अनुभव विश्वका लागि अनुकरणीय छः उद्योगमन्त्री भट्ट

यूएई सरकारले छिटो ती शवहरु नेपाल लैजान वा यहीँ अन्त्येष्टि गर्न दबाब दिएको छ ।

एक जना परिवारले यूएईमै अन्त्येष्टि गर्न अनुमति दिएको दूतावास स्रोतले बताएको छ । मृतकहरु को-को हुन भन्नेमा परिचय भने खुलाइएको छैन ।

दूतावासले शब ब्यबस्थापनको लागि सम्बन्धित निकाए संग छलफल गरोरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्