उद्योगमन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

कैलाली क्षेत्र नं ४ बाट निर्वाचित मन्त्री भट्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेका ३ वटा स्थानीय तहमा सो सामग्री आज उपलब्ध गराएका हुन् । उनका स्वकीय सचिव हितेश ओझामार्फत सो सामग्री वितरण गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले जानकारी दिए ।

याे पनि पढ्नुस  विकासमा सबै लागौँ, सरकार सबैलाई समेट्न तयार छः उद्योगमन्त्री भट्ट

स्वकीय सचिव ओझाले गौरीगङ्गा र गोदावरी नगरपालिका जनप्रतिनिधिलाई सो सामग्री प्रदान गरे ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट स्थानीय जनतालाई जोगाउन नगरपालिकामार्फत सो सामग्री वितरण गरिएको जनाइएको छ ।

कैलालीको चुरे गाउँपालिकामा शनिबार वितरण गरिने जनाइएको छ । स्थानीय तहलाई पीपीइ, मास्क, सेनिटाइजर, साबुनलगायतका अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

कमेन्ट गर्नुहोस्