नातिको बिहेमा बेलायत पुगेका हजुरबुबाको कोरोना संक्रमणबाट मृत्यु

बेलायतः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा हालसम्म ७ नेपालीको मृत्यु भएको छ ।

पछिल्लो समय १ वृद्धको ज्यान गएसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको नेपालीको संख्या ७ पुगेको हो ।

आफ्नो नातिको बिहेको शिलसिलामा बेलायत आएका बागलुङका कर्णबहादुर क्षेत्रीको कोरोनाका कारण मृत्यु भएको हो ।

याे पनि पढ्नुस  इयूबाट बेलायत बाहिरिदा नेपाललाई के असर?

सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  रौतहटका कोरोना संक्रमित युवकका परिवारको परीक्षण रिपोर्ट आयो

मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए ।

कमेन्ट गर्नुहोस्