‘भारतको देशव्यापी लकडाउन लम्बिन सक्छ’

भारतमा लगाइएको देशव्यापी २१ दिने ‘लकडाउन’ लम्बिनसक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना विरुद्धको लडाइलाई सफल पार्न ‘लकडाउन’ लम्बिनसक्ने बताएका हुन् ।

‘भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ’ रावतले एएनआईसँग भने ।

याे पनि पढ्नुस  टोलटोलमा अत्यावश्यक वस्तु पुर्‍याउने तयारीमा छौँ: आपूर्तिमन्त्री भट्ट

उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको पनि जानकारी दिए ।

तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहेपनि उनीहरु सम्पर्कमा आएको राज्यले उचित व्यवस्थापन गरिरहेको उनको भनाई छ ।

शुरुमा उनीहरुले अटेरी गरेपनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रण सम्वन्धी नियमहरु अवलम्बन गरेको मुख्यन्त्री रावतले बताए ।

याे पनि पढ्नुस  डब्ल्यूएचआले भन्यो, ‘लकडाउन बिस्तारै हटाउनुपर्छ’

‘फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिवेला उनीहरुलाई यो कुनै तपाईहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ’ उनले भने ।

त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको मुख्यमन्त्री रावतले जानकारी दिए ।

याे पनि पढ्नुस  वर्षाले तोड्यो भारतमा ७५ वर्ष पुरानो रेकर्ड

आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उनले बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्