जापानमा कुस्तीवाजलाई कोरोनाको संक्रमण

टोकियोः जापानका एक कुस्तीवाजलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।

उनमा गत साता कोरोनाको लक्षण देखिएको थियो । र, त्यसपछि ति खेलाडीको स्वास्थ्य परीक्षण गरिँदा शुक्रबार कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण देखिएका ती कुस्तीवाजको नाम सार्वजनिक गरिएको छैन ।

याे पनि पढ्नुस  सांसद यादवलाई ‘क्वारेन्टाइन’मा बस्न प्रशासनको निर्देशन

ति कुस्तीवाजले जापान सुमो संघले आयोजना गरेको एक प्रतियोगिता खेलेका थिए । उनले कोरोनाका कारण बन्द रंशागालमा आयोजना गरेको रंगशालामा खेलेका थिए । तर, ति खेलाडीमा कोरोना संक्रमण देखिएपछि प्रतियोगितामा भाग लिएका अन्यलाई अहिलेसम्म लक्षण नदेखिएको सञ्चारमाध्यमले जनाएका छन् ।

याे पनि पढ्नुस  कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड

प्रतियोगितामा भाग लिएका सबै खेलाडीलाई अहिले ‘होम क्वारेन्टाइन’मा राखिएको छ ।

जापानमा शुक्रबार साँझसम्म साढे ५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये ९९ को मृत्यु हुँदा साढे ६ सय बढी संक्रमित उपचारपछि घर फर्किएका छन् ।

 

कमेन्ट गर्नुहोस्