काठमाडौं आइपुग्यो एनआरएनए दक्षिण कोरियाले दिएको स्वास्थ्य सामग्री

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले विभिन्न सामग्री सहयोग गरेको छ ।

एनआरएनए द. कोरियाले नेपाललाई ४ हजार टेष्ट किट र ५ सय विशेष सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको हो । सो सामग्री नेपाल पुगिसकेको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

याे पनि पढ्नुस  लुकिछिपी सडकमा पैसा फाल्ने २ महिला पक्राउ

त्यस्तै, चीनबाट पनि ५५० वटा आइआर थर्मोटिर, २ हजार पीपीई सेट, १७ हजार ४ सय थान केएन–९५ मास्क, ४७ हजार डिस्पोजल मास्क र ४० हजार पञ्जा पनि शनिबार काठमाडौं पुग्ने संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्