वेदकोट नगरपालिकाद्वारा ५०० परिवारलाई राहत, ६२ लाई हेल्थ वास किट प्रदान

दैजी, कञ्चनपुर । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले ५ सय बढी परिवारलाई राहत वितरण गरेको छ ।

नगरप्रमुख अशोक चन्दले दिएको जानकारी अनुसार, कोरोना भाइरसको महामारी रोक्न लागु गरिएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई नगरपालिकाद्वारा राहत वितरण गरिएको हो ।

महामारीबाट दैनिक ज्यालादारी र मजदुरी गर्नबाट वञ्चित तथा असहाय, गरिब जनताको पहिचान गरी सहयोग वितरण गरिएको उनले बताए । “भोली र पर्सी थप पाँचसयलाई सहयोग वितरण गरिनेछ ।’ उनले भने, “पहिचान गर्ने काम समेत सँगै चलिरहेकोले बाँकी सबैलाई क्रमशः बाँडदै जाने छौं ।”

याे पनि पढ्नुस  निर्मलापछि प्रदेश ७ मै २८ महिला बलात्कृत !

नगरपालिकाले आफ्नो श्रोत र बिभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगलाई एकद्वारा प्रणालीमार्फत मापदण्डका आधारमा वितरण गरेको उनले बताए ।

लकडाउनसँगै सामाजिक दूरीमा कडाई गरेको नगरपालिकाले भारतबाट फर्केका सबैको पहिचान गदै आवश्यकता अनुसार क्वारेन्टाइनमा राखेको थियो । चन्दका अनुसार, वेदकोट नगरपालिकामा मात्रै ७ सय ७२ जना भारतबाट फर्केकाको पहिचान भएको छ भने २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

याे पनि पढ्नुस  सामूहिक बलात्कारको आशंका, काठमाडौं र कञ्चनपुरबाट चारजना पक्राउ

क्वारेन्टाइनमा रहेकामध्ये २७ जनाको टेष्ट गरिएको र १ जनामा संक्रमण देखिएको उनले बताए ।

यसैगरी नगरपालिकाले बिभिन्न वडाका ६२ परिवारलाई सफाई टेष्ट किट वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्