कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख बढी पुगेको छ ।

चीनको बुहानबाट शुरु भएको संक्रमण तीन महिना नपुग्दै यति ठूलो क्षति भएको हो ।

विश्वमा अहिलेसम्म १६ लाख ४७ हजार ८ सय ९६ जनामा संक्रमण देखिएको छ । अमेरिकापछि दोश्रो स्थानमा स्पेन र तेश्रोमा इटालीमा सबैभन्दा बढी संक्रमण देखिएको छ । अहिलेसम्म ३ लाख ६९ हजार ६ सय ४६ जना निको भएका छन् ।

याे पनि पढ्नुस  कोरोनाविरुद्ध सक्रिय ९८ वर्षीय यी डाक्टर; करोडौं मृत्यु भएको स्पेनिश फ्लूका थिए साक्षी

शुरुमा चीनमा मात्रै फैलिएको संक्रमण मार्चको दोश्रो सातासँगै यूरोप र अमेरिकामा तीब्र गतिमा फैलिएको थियो ।

संक्रमणबाट सुरुमा चीनमा अत्यधिक संक्रमित देखिएपनि अहिले सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।

अमेरिकामा अहिले राती दश बजेसम्म ४ लाख ७८ हजार ३ सय ६६ जना संक्रमित भएका छन् भने १७ हजार ९ सय सत्ताइसको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमण न्यूयोर्क राज्यमा फैलिएको छ ।

याे पनि पढ्नुस  लकडाउनको उल्लंघनकाे परिणामः कैयन देशमा महामारी विष्फोट, हजारौंको मृत्यु, स्पेनमा हेलिकप्टर परिचालन

संक्रमण रोक्नका लागि संसारका अधिकांश देशहरुले आवागमनमा रोक लगाएका छन् ।

कमेन्ट गर्नुहोस्