चीनमा फेरि कोरोना संक्रमिण देखिने क्रम बढ्यो, देखिँदैन लक्षण

काठमाडौंः चीनमा फेरि कोरोना संक्रमणका घटना बढेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शुक्रबार चीनमा ४६ जना कोरोना संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३४ मा कोरोनाको कुनै लक्षण देखिएको थिएन । त्यहाँ बिहीबार ४२ जनाको कोरोना भेटिएको थियो ।

याे पनि पढ्नुस  यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र (सूचीसहित)

योसँगै चीनमा कोरोना संक्रमितको संख्या करिब ८२ हजार पुग्दा ३ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ७७ हजार ५ सय २५ उपचारपछि निको भएका छन् भने १ हजार ८९ को उपचार जारी छ । १ सय ४१ को अवस्था सामान्य छ ।

याे पनि पढ्नुस  भान्छामै पाइने सामग्री कोरोनाको औषधि

कमेन्ट गर्नुहोस्