भारतीय टिमका लागि धोनी अझै कति आवश्यक? यस्तो भन्छन् एक कप्तान

नयाँ दिल्लीः भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेट प्रतियोगितामा भाग नलिएको १० महिना पुगेको छ ।

२०१९ मा भएको एकदिवसीय विश्वकपमा भारतको हारसँगै धोनीले राजीनामा दिने या उनलाई टीममा छनौट नगर्ने विषयले चर्चा पाएको थियो । धोनी भने क्रिकेटबाट विदा लिएर भारतीय सेनासँग अभ्यास गर्न गएका थिए ।

धोनीले खेल्ने या नखेल्ने विषयमा एकथरिले सन्यास लिनुपर्ने र अर्काथरिले फेरी टीममा उनको आवश्यकता रहेको बताइरहेको बेला इङ्ल्याण्ड टिमका पूर्व कप्तान नासीर हुसेनले भने धोनीलाई हातबाट फुत्किन नदिन सुझाव दिएका छन् ।

याे पनि पढ्नुस  विराटले रचे इतिहास, तोडियो धोनीको कीर्तिमान

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले धोनीलाई वार्षिक अनुबन्धबाट बाहिर गरेपछि पनि धोनीले रिटायर्टमेन्टको निर्णय नगरेको कुरालाई हुसैनले सही निर्णय बताएका छन् ।

‘धोनीमाथि दबाब नबनाउँ ।’ हुसैनले भनेका छन, ‘उनी एकचोटी टिमबाट बाहिरिए भने फेरी फिर्ता ल्याउन सकिँदैन ।’ नासिरका अनुसार, धोनीले भारतीय टीमले धेरै कुरा दिन सक्छ ।

याे पनि पढ्नुस  धोनी पत्नी साक्षीले हतियार राख्न किन अनुमति मागिन् ? कारण यस्तो छ

धोनीको पक्ष राख्दै नासिरले भने, ‘एकदुई चोटी लक्ष्य पछ्याउने क्रममा उनीबाट गल्ती भएको छ । इंग्ल्याण्ड विरुद्धको खेलमा पनि यस्तो भएको थियो । तर, उनी निकै प्रतिभाशाली क्रिकेटर हुन् भन्ने कुरामा कुनै शंका छैन । धोनी यस्तो खेलाडी हुन्, जुन एकपटक मात्रै जन्मिन्छन् । आफ्नो मानसिक अवस्थाका बारेमा उनलाई बढी थाहा छ ।’

याे पनि पढ्नुस  रोहितले हासिल गर्दैछन् आज यस्ताे उपलब्धि, तोडिने छ धोनीको कीर्तिमान

उनलाई टीम इण्डियामा फिर्ता ल्याउने विषयमा भारतीय क्रिकेट टीमका कोच रवि शास्त्रीले आइपीएल २०२० मा धोनीको प्रदर्शनमा यो कुरा निर्भर हुने बताएका थिए ।

आइपीएल भने १५ अप्रिलसम्म स्थगित गरिएको छ । तर, पछिल्लो अवस्था हेर्दा यो तत्काल हुने देखिँदैन ।

कमेन्ट गर्नुहोस्