तटबन्धमा किशोरको शव फेला

सप्तरीः जिल्लाको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान १ युवकको शव भेटिएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ ।

करिब अन्दाजी १९ वर्षीय ती किशाेरको हालसम्म पहिचान हुन नसकेको र शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

याे पनि पढ्नुस  ससुराको हत्या आरोपमा बुहारी पक्राउ

युवकको मुखमा गम्भीर चोट देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

तटबन्धमा रगतका छिटासमेत देखिएकाले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।

कमेन्ट गर्नुहोस्