बाग्मती प्रदेशः र्‍यापिड टेष्टमा ६ जनामा कोरोना भेटियो

हेटौँडाः भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको (र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।

हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएको बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले बताए । उनले काठमाडौंमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण (पीसीआर टेष्ट) गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ । काठमाडौंका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहेका सेढाईले बताए ।

मङ्लबार र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष हुन् । उनी दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किएका थिए ।

यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोकस मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मण्डन देउपुर गाउँपालिकाका पोजेटिभ देखिएका दुबई र बेथानचोकका भारतबाट फर्किएका हुन् ।

आरुडीटी रिपोर्ट पोजेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । उनीहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्