कोरोनाः लोकनायक अस्पतालमा महिला डाक्टरमाथि दुर्व्यहार र हातपात

नयाँ दिल्ली । भारतमा चिकित्सकहरुमाथि दुर्व्यहारको घटना बढिरहेका छन् । पछिल्लो घटना दिल्लीको लोकनायक जयप्रकाश नारायण अस्पतालमा देखिएको छ ।

अस्पतालमा कोरोना भाइरसका बिरामीका आफन्तहरुले एकजना महिला चिकित्सकमाथि दुर्व्यहार गर्दै हातपात गरेका हुन ।

महिला साथीलाई जोगाउन अरु डाक्टर आएपछि उनीहरुमाथि पनि हातपात गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कुटपीट हुन थालेपछि ती पुरुष डाक्टरले लुकेर ज्यान जोगाउनु परेको थियो ।

याे पनि पढ्नुस  भारतमा भयावह हुँदै कोरोना, १ महिनामा २० लाख संक्रमित, आम मानिस त्रासमा

समाचार एजेन्सी एएनआईका अनुसार, यो महिला डाक्टरलाई जोगाउने कोशिस गर्दा ती डाक्टरलाई कुटपीट गरिएपछि उनी र अरु नर्सहरु ड्यूटीरुपमा लुकेका थिए । त्यहाँबाट सुरक्षाकर्मीलाई खबर गरेपछि अवस्था शान्त भएको थियो ।

आवासीय चिकित्सक संघले घटनाको कडा निन्दा गर्दै कार्वाहीको माग गरेको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले उक्त घटनामा संलग्न सबैलाई कार्वाही गरिने र अस्पतालको सुरक्षा बढाउने बताएका छन् ।

याे पनि पढ्नुस  आकाशमा नै पाइलटलाई कोरोना संक्रमणको पुष्टि भएपछि...

चिकित्सकहरुमाथि हमलाको यो पहिलो घटना भने होइन । यसअघि हौजरानी क्षेत्रमा समेत दुईजना महिला डाक्टरमाथि कोरोना फैलाउन खोजेको भन्दै हातपात गरिएको थियो । सफदरगञ्ज रेजिडेन्ट डाक्टर्स एशोसिएसनले कडा चेतावनी दिएपछि आरोपितमाथि मुद्दा दर्ता गरिएको थियो ।

इन्दौरमा समेत कोरोनाको टेष्ट र उपचारका लागि गएका तीन जना चिकित्सकमाथि ढुंगा प्रहार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्