लकडाउन आउँदा महिनाहरूमा हटाउन गभर्नरहरूलाई ट्रम्पको निर्देशन

काठमाडौंः कोभिड-१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्।

उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ-आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन्।

याे पनि पढ्नुस  ट्रम्प अभियोगः संसदीय समितिमा सार्वजनिक सुनुवाइ जारी

यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए।

सङ्घीय सरकारको साथ

ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

याे पनि पढ्नुस  ट्रम्पका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय

ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताए।
बिहीवार पत्रकारहरूलाई जानकारी दिने क्रममा उनले भने, अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्।

देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन।

उनले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताए। बीबीसी

कमेन्ट गर्नुहोस्