प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौंः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । दुबै अध्यक्षबीच १० दिनपछि भेटवार्ता भएको हो ।

यसअघि ओली र प्रचण्डबीच चैत २५ मा सचिवालय बैठकमा भेट भएको थियो । बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको भन्दै अझ प्रभावकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको थियो ।

याे पनि पढ्नुस  पार्टी एकताको पक्षमा पहल गर्दा विरोधीहरूले प्रपोगाण्डा फैलाएः प्रचण्ड सचिवालय

बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैठकमा जोड दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री ओलीले आश्वस्त पारेका थिए ।

यसअघि सचिवालयको बैठक अगाडि ओली र प्रचण्डबीच १९ चैतमा भएको भेटमा कोडिभ–१९ को सङ्क्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित गरिब, किसान, मजदूर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा गहन संवाद भएको बताइएको थियो ।

याे पनि पढ्नुस  सकियो ओली–प्रचण्ड भेट, के भयो सहमति ?

कमेन्ट गर्नुहोस्