नेदरल्यान्ड्समा कोरोना संक्रमणबाट नेपाली महिलाको मृत्यु

नेदरल्याण्ड्सः नेदरल्यान्ड्समा बसोवास गर्दै आएकी १ नेपाली महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया लक्ष्मी भट्टचन रहकेी छिन् ।

म्याग्दी घर भएर श्रीमान् र २ बच्चासहित १५ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएकी भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत १ महिनादेखि होम क्वारेन्टाइनमा रहँदै आएकी थिइन् ।

याे पनि पढ्नुस  आजदेखि मालपोत कार्यालय खुल्ने

तर, पछि संक्रमणले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचाररत रहँदा नै उनको निधन भएको थकाली समाज बेल्जियमका सचिव रमेश शेरचनले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्