तपाईंले राहत पाउनुभएको छैन ? यी व्यक्तिलाई सम्पर्क गर्नुहोस् (नाम र नम्बरसहित)

काठमाडौंः कोरोनाका कारण देश लकडाउनमा भएको एक महिना पुग्नै लागेको छ । लकडाउनका कारण मजदुरी, श्रमिक, विपन्न, असहायलाई दैनिक गुजारा चलाउन समस्या भइरहेको छ ।

यसैलाई ध्यानमा राख्दै सरकारले स्थानीय तहमार्फत राहत वितरण गरिरहेको छ । तर पनि तपाईंले राहत पाउनुभएको छैन ? राहत नपाउनेहरूका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको छ ।

याे पनि पढ्नुस  राहतमा कुहिएको दाल वितरण गर्ने मेयर धरौटीमा छुटे

मन्त्रालयले ७ प्रदेशमा ७ जनालाई सम्पर्क व्यक्ति तोकेको छ । राहत नपाएकाहरूले ती व्यक्तिलाई सम्पर्क गरे उनीहरूले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

यी हुन् ७ वटै प्रदेशका सम्पर्क व्यक्ति र सम्पर्क नम्बरः

कमेन्ट गर्नुहोस्