जुम्लाका सबै तहका ४८८ जनाको रिपोर्ट आयो

खलङ्गाः भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण र १४९ जनाको रेपिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

याे पनि पढ्नुस  बिहीबार बिहानै थप २ जनामा कोरोना देखियो

कोभिड –१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन् ।

कमेन्ट गर्नुहोस्