अध्यादेशबाट राजावादी अगाडि आउने खतरा: मसाल

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले अध्यादेश जारीपछि राजावादी अगाडि आउने खतरा रहेको चेतावनी दिएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै भनेकाम छन्, ‘मन्त्रीमण्डलको सिफारिसमा राष्ट्रिपतिद्वारा जारी गरिएका दल विभाजन तथा संवैधानिक परिषद्सम्बन्धी दुवै अध्यादेशहरूलाई ने.क.पा. (मसाल)ले गलत ठान्दछ र तिनीहरूको विरोध गर्दछ ।’

याे पनि पढ्नुस  अध्यादेश खारेज लगत्तै ओली, प्रचण्ड र देउवाबीच भेट, के भयो कुराकानी ?

ओली सरकारले अगाडि ल्याएको अध्यादेशका कारणले नेकपासँगै देशले पनि ठूलो मूल्य चुकाउनु चेतावनी दिँदै मसालले भनेको छ, ‘यसप्रकारको स्थितिले प्रतिगामी शक्तिहरूलाई पनि एक वा अर्को प्रकारले अगाडि आउन बाटो खोल्यो भने त्यो आश्चर्यको कुरा हुने छैन ।’

दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक दलहरूमा फुटलाई प्रोत्साहित गर्ने र प्रजातान्त्रिक प्रणालीमाथि कुठाराघात गरेको आरोप मासलले लगाएको छ ।

याे पनि पढ्नुस  अध्यादेशमार्फत देश चलाउन खोजिएको भन्दै देउवा आक्रोशित

‘उक्त अध्यादेशहरूका पछाडि सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि नै कुठाराघात गर्ने योजनाले ता काम गरेको छैन ? अहिले अकस्मात, अस्वभाविक र असान्दर्भिक प्रकारले त्यसप्रकारका अध्यादेशहरू आएको वास्तविकतामाथि विचार गर्दा त्यसप्रकारको प्रश्न उठाउनका लागि पनि ठाउँ छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

साथै मसालले दुवै अध्यादेशहरूलाई तुरुन्त फिर्ता गर्नका लागि माग गरेको छ ।

कमेन्ट गर्नुहोस्