कोरोना फैलाएको भन्दै चीनविरुद्ध मुद्दा हाल्दै अमेरिका

काठमाडौंः चिनियाँ सरकारले विश्वलाई कोभिड-१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन, मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने।

“त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ,”  उनले थपे। मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दुस्ख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ।

अस्वीकार
चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

याे पनि पढ्नुस  अमेरिकामा भोलिदेखि कोरोना खोप दिन शुरू गरिने

मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन्।

अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ।

अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ।

याे पनि पढ्नुस  हप्तामा ८ उडान गर्न अमेरिका-चीनबीच सहमति

कमजोरी लुकाउने प्रयास
अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो।

राष्ट्रपति डोनल्ड ट्रम्पले शुरूमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका थिए।

तर अमेरिकामा सङ्क्रमण र मृत्यु ह्वात्तै बढेर दबावमा आउपछि उनले चीनतर्फ औँला उठाएका थिए।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाः साढे २३ हजार बढीको मृत्यु, कुन राज्यमा कति ?

यो वर्षको अन्त्यमा राष्ट्रपतीय निर्वाचन भएको अवस्थामा मिजुरीको मुद्दा र अन्य अमेरिकी कम्पनीहरूको मुद्दाहरू ट्रम्पको रिपब्लिकन पार्टीका लागि राजनीतिक अस्त्र हुन सक्ने विज्ञहरूले बताएका छन्।

युनिभर्सिटी अफ शिकागोस्थित अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक टम गिन्बर्गले समाचार संस्था रोयटर्सलाई भने, अमेरिकी सरकारको आफ्ना गल्तीलाई ढाकछोप गर्न धेरै राजनीतिक मानिसहरूले चीनतर्फ इङ्गित गरेको देखिरहेका छौँ। बीबीसी

कमेन्ट गर्नुहोस्