एनसेलः अब टक टाइम, डाटा र एसएमएस उपहार पठाउन सकिने

काठमाडौंः एनसेलका प्रिपेड ग्राहकले अब टक टाइम, डाटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई उपहार स्वरुप पठाउन सक्नेछन् ।

एनसेल प्रालीले आमाको मुख हेर्ने दिनको अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले एनसेलको प्रिपेड सेवा प्रयोग गरिरहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

एनसेल कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६ सय एमबी डाटा, २१ सय एमबी डाटा र एक हजार एसएमएस रहेका छन् । एनसेल कोसेली अन्तर्गतको यी प्याकहरु यही बिहीबार (वैशाख ११) देखि लागू हुनेछ ।

याे पनि पढ्नुस  दूरसञ्चार सेवा प्रदायक एनसेलको ‘अप्रत्याशित’ छुट खरिद

एनसेलका प्रिपेड ग्राहकले ७५ मिनेट भ्वाइस प्याक कर सहितमात्र ६२ दशमलव ५७ रुपैयाँ र त्यसैगरी अर्को ५५ मिनेट भ्वाइस प्याक करसहित ३१ दशमलव ९२ रुपैयाँमा उपहार पठाउन सक्नेछन् । ५५ मिनेटको भ्वाइस प्याक उपहार प्राप्त गर्ने ग्राहकले तीन दिनभित्र एनसेल नेटवर्कभित्र यो भ्वाइस सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै ७५ मिनेटको भ्वाइस प्याक उपहार पाउने ग्राहकले सात दिनभित्र एनसेल नेटवर्कभित्र भ्वाइस सेवाको प्रयोग गर्न सक्नेछन् ।

याे पनि पढ्नुस  एनसेल करसम्बन्धमा सर्वोच्चको निर्णयविरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्ती)

डाटामा ग्राहकले ६ सय एमबी डाटा ९दुई सय एमबी अल नेट, दुई सय एमबी फोरजी र दुई सय एमबी नाइट डाटा० मात्र ४४ दशमलव ६९ मा उपहार स्वरुप पठाउन सक्नेछन् । यो डाटा प्याक तीन दिनको लागि मान्य रहनेछ । त्यसैगरी प्रिपेड ग्राहकले आफ्ना साथीभाइ तथा परिवारजनलाई २१ सय एमबी डाटा ९हरेक दिन तीन सय एमबी सात दिनसम्म० मात्र ९७ दशमलव रुपैयाँमा उपहार दिन सक्नेछन् ।

यसका साथै प्रिपेड ग्राहकले एक हजार वटा एसएमएसको प्याक उपहार स्वरुप २४ दशमलव २६ रुपैयाँमा पठाउन सक्नेछन् । यसरी प्राप्त हुने एसएमएस उपहार प्राप्त गर्ने ग्राहकले आफूले पाएको मितिबाट ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

याे पनि पढ्नुस  दूरसञ्चार कम्पनी एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्ने

एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन ग्राहकले एस्ट्रिक्स १७१११ ह्यास डायल गरी निर्देशन अनुसारको विकल्पहरु छनोट गरी एनसेल कोसेली सजिलै पठाउन सक्नेछन् । ग्राहकले १७१११ मा डायल गरियो अफरको जानकारी पनि लिन सक्नेछन् । उपहार बापतको शुल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शुल्क लाग्ने छैन ।

कमेन्ट गर्नुहोस्