सर्वत्र विरोधपछि दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौंः सर्वत्र विरोधपछि सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको सिफारिसका वैशाख ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेकी थिइन् र राजपत्रमा प्रकाशित गरिएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

याे पनि पढ्नुस  तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा, सर्यो मन्त्रिपरिषद र नेकपा सचिवालय बैठक

बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्