अध्यादेश फिर्ता लगत्तै बाबुरामको ट्वीट, व्यङ्गसँगै ओलीलाई लगाए गम्भीर आरोप

काठमाडौंः शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

सरकारको सिफारिसका वैशाख ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश राजी गरेकी थिइन् र राजपत्रमा प्रकाशित गरिएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना

सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै संघीय समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग गर्दै ट्वीट गरेका छन् ।

समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएको भन्दै भट्टराईले व्यङ्ग गरेका हुन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

उनले यसवीचमा ओली र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने भन्दै लुक्दैन त्यसको छानवि र कार्वाही हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहेको गम्भीर आरोप लगाउँदै भट्टराईले सावधान रहन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्