अध्यादेश फिर्ता लिने निर्णयको बरिष्ठ नेता खनालले गरे स्वागत

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश फिर्ता लिने निर्णयको स्वागत गरेका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवादसमेत दिएका छन् ।

उनले भने, ‘राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको विकल्प थिएन । अब तत्काल स्थायी कमिटी बैठक बोलाएर यस विषयमा विस्तृत छलफल गर्नुपर्छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सरकारको सिफारिसका वैशाख ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेकी थिइन् र राजपत्रमा प्रकाशित गरिएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

याे पनि पढ्नुस  आज स्थायी समिति बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई

बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्