काठमाडौंः रुकुममा १० दिनमा ८ कोठाको सबै सुविधा भएको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको छ ।
रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठको अस्पताल निर्माण भएको हो ।
श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल तत्काल प्रयोगमा आउँदैछ । सो अस्पतालमा पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्मा ‘प्रभावकर’को अग्रसरता बनेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्दको अभियानलाई मध्यनजर गरी निर्माण गरिएको उक्त अस्पताल निर्माणका लागि नेता शर्माको नेतृत्वमा समेत टोली खटिएको थियो । अस्पताल निर्माणको काम सम्पन्न भएलगत्तै नेता शर्माले अभियानमा खट्ने जनता, पार्टी कार्यकर्ता र नगरपालिकालाई बधाई दिएका छन् । उनले भनेका छन्– ‘हामी पनि सक्नुपर्छ र सक्छौं । जनता नै शक्तिका श्रोत हुन्, सबै कुरा जनताबाट सिंकौ ।’