लकडाउनमा श्रीमती माइतीमै फसिन्, श्रीमानले गरे प्रेमिकासँग विवाह !

एजेन्सीः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनमा निकै रोचक घटनाहरु घटदै आएका छन् ।

त्यस मध्ये भारतको बिहार राज्यको राजधानी पटनादेखि ६० मिलोमिटरको दूरीमा रहेको दुल्हन बजार क्षेत्रमा निकै रोचक घटना भएको छ । लकडाउनको समयमा श्रीमती माइतीमै फसेको फाइदा उठाउँदै श्रीमानले प्रेमिकासँग बिहे गरेका छन् ।

याे पनि पढ्नुस  लकडाउन खुकुलो पारिएको दोस्रो दिन राजधानीमा सवारीको चाप (तस्बिरसहित)

लकडाउनभन्दा अगाडि गुडिया देवी श्रीमती माइती गएकी थिइन् । उनी माइतीमै रहँदा लकडाउन सुरु भएपछि उनी उतै फसेकी थिइन् ।

गुडिया देवीले पछि मात्र थाहा पाइन् कि उनका श्रीमान धीरज कुमारले उनको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नी प्रेमिकासँग बिहे गरेको । श्रीमानको कर्तुत थाहा पाएपछि श्रीमती गत हप्ता दुल्हन बजार थानामा गएर श्रीमानविरुद्ध उजुरी दिएको आजतकले जनाएको छ ।

याे पनि पढ्नुस  सीमा सुरक्षा गर्न गाउँपालिकाले म्यादी प्रहरी राख्ने

उजुरीपछि पुलिसले धीरजलाई पक्राउ गरेर जेल पठाएको छ । श्रीमती माइतबाट नफर्केको रिसमा प्रेमिकासँग बिहे गरेको धीरजले बयान दिएका छन् ।

गुडियाका अनुसार श्रीमानको र ती महिलाको पहिलेदेखि नै सम्बन्ध थियो, जसका कारण उनीहरुको घरमा झगडा पनि भइरहन्थ्यो । अहिले धीरजले उनै महिलासँग बिहे गरेका छन् । धीरज र गुडियाका १० वर्षका छोरा पनि छन् ।

कमेन्ट गर्नुहोस्