बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता रेडियो नेपालले किन हटायो? (विज्ञप्तिसहित)

काठमाडौंः रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचारलाई हटाएको छ ।

आज बिहान साढे ६ बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेको थियो।

याे पनि पढ्नुस  प्रधानमन्‍त्री ओलीको पिसाब नलीमा राखिएको ‘स्टन्ट’ निकालियो

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

याे पनि पढ्नुस  ओली–प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो कुराकानी ?

कमेन्ट गर्नुहोस्