ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौंः नेकपाभित्र चुलिएको विवाद समाधान गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच संवाद सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच दिउँसो १ बजेपछि भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले बताएको छ।

नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका र प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई नेताबीच भएको वार्तालाई चासोका साथ हेरिएको छ।

याे पनि पढ्नुस  नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझाएको प्रतिवेदनमा यस्ता छन् सुझाव

यद्यपि सोमबार ओली र नेपाल समूहका नेताहरुको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो। तर, मंगलबार दिउँसोसम्म बैठक अनिश्चित छ। ओल–प्रचढड बैठकपछि सचिवालयको बैठक बस्ने सम्भावना छ।

नेकपाका प्रचण्ड र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यस अघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन्। तर, पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलन र शक्ति बाँडफाँडलाई लिएर देखिएका विवादले ओली समूह स्थायी कमिटीको बैठक बोलाउन अझै तयार भएको छैन।

याे पनि पढ्नुस  बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता, के विषयमा भयो छलफल?

कमेन्ट गर्नुहोस्