ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चकाे आदेश

काठमाडौंः वैशाख ९ गते भक्तपुरबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरूषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई सर्वोच्च थुनामुक्त गर्न आदेश दिएको हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

शाहीलाई पक्राउ गर्दा महानगरीय प्रहरी परिसर चापागाउँ भक्तपुरले जारी गरेको पक्राउ पूर्जीमा ‘संक्रामक रोग ऐन, २०२० सम्बन्धी कसूर’ मा प्रक्राउ गरेको उल्लेख थियो, र त्यसैअनुसार थुनुवा पूर्जी दिइएको थियो। तर, उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्दा ‘अभद्र व्यवहारतर्फको कसूर’ भनि थप गरिएको थियो।

याे पनि पढ्नुस  नेकपा खारेज गर्ने अदालतको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले दियो निवेदन

यस्तो असंगतिलाई नोटिसमा लिएको सर्वोच्च अदालतले शाहीलाई थुनामै राखी अनुसन्धान गर्न पर्ने कारण, अवस्था खुलेको देखिंदैन भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। साथै सर्वोच्च अदालतले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुँदासमेत म्याद थप गर्नुपर्ने तथा थुनामै राख्नुपर्ने उचित कारण सहित पर्चा खडा भएको नदेखिएको भनेको छ।

कमेन्ट गर्नुहोस्