इरफान खानः चार दिनअघि मात्रै आमाको मृत्यु, क्रिकेटर बन्न चाहन्थे

काठमाडौंः बुधबार निधन भएका चर्चित बलिउड अभिनेता इरफान खान क्यान्सरबाट पीडित थिए ।

५४ वर्षका खानलाई स्वास्थ्य बिग्रिएपछि मङ्गलबार मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । तर उनलाई सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ । खानको परिवारले पनि यसबारे केही भनिसकेको छैन ।

उनले पानसिंह तोमार, मकबूल, लाइफ अफ पाई, र्जुयासिक पार्क, स्लमडग मिलीअनेअरजस्ता हलीवुड चर्चित चलचित्रमा अभिनय गरेका छन् । उनको अभिनयको धेरैले प्रशंसा गरेका छन् ।

यसअघि इरफान खानका एक प्रवक्ताले विज्ञप्तिमार्फत् उनलाई ’पेटको सङ्क्रमण’ भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए । बलियो इच्छाशक्ति र शुभचिन्तकहरूको प्रार्थनाले खान ठिक हुने अपेक्षा ती प्रवक्ताले गरेका थिए ।

याे पनि पढ्नुस  ३५ वर्षमा ५ सय बढी फिल्म, अनुपम खेरको सफलता–रहस्य

गत वर्ष इरफान खान लन्डनमा उपचार गराएर फर्किएका थिए । त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो ।

‘अङ्ग्रेजी मीडीअम’ चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ । उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो । इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो ।

हालै इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । लकडाउनका कारण इरफान खानले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन् । भिडियो कलबाट उनले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ ।

याे पनि पढ्नुस  सनी लियोनीलार्इ पछि पार्दै चर्चामा अंकिता, तस्वीर भयो भाइरल !

इरफान खान मस्तिष्कमा हुने ‘न्यूरोएन्ड्रोक्राइन ट्यूमर’ बाट पीडित थिए । दुई वर्षअघि उनको रोग उपचार भएको थियो । त्यसपछि उनी आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिएका थिए ।

त्यस बेला उनले ट्वीट गरेका थिए, ‘जिन्दगीमा अकस्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो । मलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक रोग लाग्यो । तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ ।’

रोगबारे थाहा भएपछि उनी उपचारका लागि लन्डन गएका थिए । एक वर्ष त्यहाँ उपचार गराएर उनी मार्च २०१९ मा भारत फर्किएका थिए ।

याे पनि पढ्नुस  मृत्युअघि इरफानले लेखेका थिए यस्तो कविता

आजतकका अनुसार इरफान एक क्रिकेटर बन्न चाहन्थे तर एक झूटले गर्दा एक अभिनेता बनेका थिए । तर पैसा र परिवारको अनिच्छिाका कारण उनको क्रिकेटर बन्ने सपना अधुरै रह्यो ।

इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुबै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।

अमिताभ बच्चन, केजरीवाल र कुमार विश्वासले इरफानप्रति श्रद्धाञ्जिल दिएका छन् । भारतीय सञ्चार माध्यमको सहयोगमा

फोटो इण्डिया टुडे

कमेन्ट गर्नुहोस्