कक्षा १ देखि ९ सम्मको नतिजा सार्वजनिक गर्न निर्देशन

मकवानपुरः  बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल सार्वजनिक गर्ने व्यबस्था मिलाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले नजिता प्रकाशन पश्चात सामाजिक दूरी कायम गरेर उपयुक्त वैकल्पिक माध्यमबाट विद्यार्थी भर्नाको ब्यवस्था गर्न पनि विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  लोकसेवाले सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा सार्वजनिक, कहाँ–कहिले हुँदैछ अन्तर्वार्ता ?

साथै विद्यार्थी भर्नापछि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

कमेन्ट गर्नुहोस्