रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको ज्यान गयो

रोल्पाः जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी ४ बालबालिकाले ज्यान गुमाएका छन् ।

गाउँदेखि केही टाढा खोला नजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो ।

मृत्यु हुनेमा त्रिवेणी–७ का ५ वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

याे पनि पढ्नुस  साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर स्वदेश फिर्ता

गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए ।

घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतीयद्वारा प्रहरी चौकीमा सुतली बम बिस्फोट, एक प्रहरी घाइते

घटना भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताए ।

घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस्