वडाध्यक्ष कुटपिट गरेको आरोपमा पत्रकार पक्राउ

डोटीः राहत वितरणको समाचार संकलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका पत्रकार कार्कीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस सङ्गठन जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ ।

याे पनि पढ्नुस  दुई लाख नगद र सात लाखको चेकसहित सात जुवाडे पक्राउ

स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफूले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताए ।

फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिँदा आफूमाथि हातपात गर्नुका साथै प्रहरीले विनाकारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  बहिनीलाई बजार पठाएर दिदीमाथि बलात्कार

प्रेस सङ्गठनका जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रहरीले विनाकारण नियन्त्रणमा लिएर हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहाइ गर्न माग गरिएको छ ।

समाचार सङ्कलन गर्न गएका पत्रकार कार्कीमाथि वडाध्यक्षले कुटपिट गरेको भन्ने आरोप लगाइएको छ ।

प्रहरीले कार्कीसहित ३ अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

याे पनि पढ्नुस  चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ

कमेन्ट गर्नुहोस्